अव कामको खोजीमा इन्डिया गइदैन No more Journey to India

लाल वहादुर पार्की
लाल वहादुर पार्की

जोराइल २ बुडर मल्लोगाँउ डोटी बस्ने लाल वहादुर पार्की (३८) चार कक्षा पढ्दा पढ्दै साथी भाईको लहलहैमा लागेर इन्डीया हिडे, स्कुलवाट भागेर । आर्थिक स्थिती कमजोर भएको दलित एवं हलिया पर्विारमा जन्मेका उनलाई एक सरो लुगा फेर्न त कता हो कता कापी, किताप, कलम र झोला किन्ने पैसा समेत जुर्न कठिन थियो । संगै पढ्ने केही साथीहरुको भने सवै थोक परिपुर्ण आप्mनो भने क्यै न क्यै । यस कारण पनि पनि उनलाई पढाई प्रति खासै रुची थिएन । बुवा हलिया बस्दथे, घर खर्चको लागी साहुसंग लिएको ऋणको व्याज तिर्न । १५ वर्ष हलिया बसेका उनका बुवालाई पनि छोरा छोरीहरुको पढाई लेखाइको लागी पैसा जोहो गर्न मुस्किल थियो ।


त्यसैले सानै उमेरमा पैसा कमाउन भनि ईन्डिया छिरेका लालवहादुर केही वर्ष इन्डिया बसे अनि गाँउ फर्के । गाँउतिर काम खोजे तर भने जस्तो भेटेनन् । फेरी इन्डिया हिडे । यसरी लालवहादुरको इन्डिया जाने र आउने क्रम जारी रह््यो । त्यहाँ काम पाएर थोर वहुत कमाही हुने भएतापनि इन्डियनहरुवाट नेपालीहरु अपहेलित हुदा, बहादुर भनेर हेपी माग्दा नरमाइलो लाग्दथ्यो । त्यसैले उमेर बढेपछी नेपालमै गएर केही गरौं भन्ने चहाना थियो उनमा ।


नेपालमा आएको वेला २०६० सालमा जमुना पार्की संग विहे गरेका उनलाइ विहेपछी घर परिवारको समेत खर्च पर्च जोहो गर्ने जिम्मेवारी थपियो । कामको खोजीमा यता उता भौतारिरहे । पछी कुखुरा काट्ने सानो पसल थापे । अनुभव नभएकाले कुखुरा काट्ने व्यावसाय खासै चलेन । केही वर्ष पछी किराना पसल राखे, श्रमती संग सल्लाह गरेर । यसरी जेनतेन् गुजारा चलाइरहे । एउटा पसल दुइजना खट्नुपर्ने, पसलमा आप्mनो खासै अनिवार्यता नरहेको देखेर उनि फेरी इन्डिया जाने योजना बनाइरहेका थिए । त्यसै वेला इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मञ्च डोटीको सहकार्यमा सन्चालित सहास परियोजनाका कर्मचारीहरु संग उनको भेट भयो । उनिहरुले मुक्त हलिया परिवाका सदस्यहरुलाई उद्यम संचालनका लागी केही सहयोग गर्ने वताए । लालवहादुर परिवारलाइृ किराना पसल संग संगै माछा÷मासु विक्री गर्ने पसल राख्न सुझाए । त्यसै पनि मासु काट्ने व्यावसायमा केही अनुभव वटुलीसकेका लालवहादुर माछा÷मासु काट्ने पसल पनि थप्ने निधो गरे ।
इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मञ्च डोटीको सहकार्यमा सन्चालित सहास परियोजनाका तर्फ वाट पाएको जम्मा रु ८०००। को सहयोगले मासु काट्ने व्यावसायले फेरी पुनर्जन्म पायो नै त्यसैमा ग्राहकहरुका लागी माछा पनि उपलव्ध हुने भयो । लालवहदुर भन्छन् “शुरु शुरुमा त ग्राहकले चाल पाएका थिएनन् । खासै विक्री भएन । अव त किराना समान, माछा÷मासु पाउनुका साथै चिया नास्ता पनि एकै ठाँउमा उपलव्ध हुन थालेपछी सवै हाम्रैमा आउछन् । डिमान्ड अनुसार कहिले काँही मैले होम डेलिभरी पनि गरिदिन्छु । गाँउ घरमा छिमेकीहरु , ग्राहकहरु एकदमै खुसी छन् ।” कमाही कति हुन्छ त भन्दा लालवहादुरकी श्रीमती भन्छिन “उहाँले माछा÷मासु पसल हेर्नुहुन्छ, मैले किराना र नास्ता पसल । उहाँ डिमान्ड आएपछी कलिेकाँही डेलीभरी गर्न जाँदा दुवै मैले सम्हाल्छु । हामी दुवैको मेहनतले दिनमा १५०० देखी २००० हजार त वचिहाल्छ होला ।” अहिले उनिहरु लगनशिल मुक्त हलिया सहकारीमा मासिक रु १००। र बुडर वजारमा रहेको छहरा वचत तथा ऋण सहकारी संस्थामा दैनिक रु २००। बचत जम्मा गर्ने गरिरहेका छन् ।

सहकारी संस्थामा दैनिक रु २००। बचत जम्मा गर्ने गरिरहेका छन् ।
पहिलेका तिता दिनहरु संझदै लालवहादुर भन्छन् “सानोमा रहरै रहरले गइयो इन्डिया, ठुलो भएपछी बाध्यताले गइयो, मन लागे पनि नलागेपनि । अर्काको देशमा धेरै पसिना बगाइयो । अव त आप्mनै देशमा मेहनत गर्ने हो । आप्mनै ठाँउमा पसिना बगाउने हो । आप्mनै देश वनाउने हो । बेकारमा हेपी माग्न को जाला इन्डिया ।”
अन्त्यमा लालवहादुर भन्छन् “उभिने ठाँउ थिएन, भौतारिरहेको थिए । अहिले एउटा ठाँउमा उभिएर आप्mनो व्यावसाय चलाइरहेको छु । अन्धकारवाट उज्यालेमा अघि बढ्नमा यहाँसम्म ल्याउनमा सहयोग गर्ने संस्थालाई धन्यवाद छ ।”

No more Journey to India

Lal bahadur Parki (29) of Jorail 2 Budar Mallogau, Doti went to the India by following with his friend while he was studying on 4 class. He belongs to Dalit and become freed Haliya family. Due to poor economic condition of his family he had very hard to buy books, copys and pens as well as uniforms. He had nothing but his friend had all the things new dress, bags, shoes, books and copies due to the crises there was vast difference between them which created unwillingness towards studying to him. His father was haliya who worked for 15 years as a haliya for livelihood and to pay debt of boss/master. This is why he went to India for earning and returned back to home town after some years and search job at their village but could not find job as his interest. Then again he went to India for earning. In this way Lalbahadur’s life journey moving forward. With the time passing his age also passing and thought that go back to home and do something in own village because there is no any respect, dignity and satisfaction in India, although some money could be earned.

Once returned in Nepal he got married; then added more responsibility of his family. He moved in searching job and started to Chicken meat shop but due to his zero experience in meat shop the shop could not run in profit and left. Again he started other business of kirana shop in advice of his wife. Some years they continuous their kirana business but not giving profit as expected so again making  plan for India at the mean time Lalbahadur visited  the staff of SAHAS project  supported by ELCA/LWF Nepal and locally implemented by USSBM. During the visit they told the Lal bahadur for supporting to haliyas family in enterprises development and advised him to put meat and fish shop along with kirana pasal. Lal bahadur also agreed to put that shop because he has already got the experience in that shop.

His shop of meat and fish revive and got rebirth again after getting support Rs 8000 (eight thousand) from the SAHAS project.  Lal bahadur says “in the beginning customer didn’t know about the facility and no more sale but after some time villagers/costumers know that all the things are available in one place then the entire customer begin to come in my shop and selling more and getting more profit too. Sometime I am providing delivery service on the demand basis. Neighbors/customers are become very happy having all the services in one place.” Lal bahadurs wife says “We both are busy in shop husband hold the meat/fish shop and I hold kirana including tea and snacks pasal. Nowdays we are saving about 1500 to 2000 per day.” They started to saving Rs 100 in Lagansil mukta haliya saving and credit cooperative and  Rs 200 in Chhahara saving and credit cooperative on daily basis”.

Remembering bitter past days Lal bahadur says “in childish age went to India as willing but in adult age went to going India for job was our obligation, if not interest.” I spent so many sweats in other country but now I have to work in our country and spent sweats in our place and build our nation. Worthless, who go to India for getting domination?

Finally Lal bahadur says “There was no place for standing, I was rooming here and there, now conducting my own enterprise standing in my place in my own foot. Thanks go to the ELCA/LWF/USSBM for supporting us to move out towards brightness from darkness.”