तरकारी वेचेर नुन् तेलको जोहो Managing salt and oil from vegetable

शान्ता लुहार
शान्ता लुहार

“छोराछारी पढाउने, नुनतेल, माछामासु सबै यही तरकारी हो सर ।” जोरायल गाउपालिका वडा न.२ बिच्छलमा बस्ने ३ छोरा, श्रीमान र आफु गरी ५ जनाको परिवार रहेकी ४० वर्षिया शान्ता लुहारले भनिन् । गरिवीका कारण उनका २ जना छोरा दैनिक गुजारा गर्न नसकिने भएर कामको खोजीमा भारत तिर लागेका छन भने १ जना धनगढीमा वाणिज्य संकायमा कक्षा ११ मा अध्ययन गरिरहेका छन । शान्ता लुहारले १ रोपनी जमिनमा तरकारी खेती गर्न थालेपछी नुन तेल, दैनिक घरखर्च र छोरालाई पढाउन सहज भएको हो ।
हलिया मुक्ति हुनु भन्दा पहिला उनको परिवारले १३ वर्ष सम्म स्थानिय मलिकका घरमा हलिया काम गरेको भएतापनि हलिया परिचय पत्र पाएका छैनन् । शान्ता अहिले ज्योती मुक्त हलिया समुहमा आबद्ध भएर सक्रिय रुपमा लागिरहेकि छिन् । मुक्त हलिया समुहमा लागीरहदा उनले इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपाल र उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले जोरायल गाउँपालिकामा संचालन गरेको मुतm हलिया तथा आन्तरिक विस्तापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रबद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना अन्तर्गत तरकारी विउविजन तथा पोलि हाउसका लागि सहयोग पाईन ।
उनि भन्छिन “आयआर्जनको मुख्य माध्यम तरकारी नै हो । पहिला मस्तै दुखका दिन काटियो । काम गरेर खाउँ गाँउमा भनेजस्तो काम नपाइने । आजभोली त पैसा पनि भएकै छ, खानलाई तरकारी पनि किन्नु परेको छैन । आप्mनै वारीको अर्गानिक तरकारी खान पाइएको छ ।” विहान बेलुका श्रीमान र श्रमिति दुवै तरकारी वारीमा ब्यस्त रहने उनिहरु आफनै बारीमा फलेको तरकारी खान पाउदा खुसि छन् । तरकारी किन्न समेत नसकिने अवस्थामा रहेकि शान्ता ले आजभोलीत आफनो छरछिमेकिलाई समेत तरकारी बाड्छिन् । वजारमा तरकारीको अभावका कारण उनले तरकारीको मुल्यपनि राम्रो पाउदै आइरहेकी छिन् । उनले आप्mनो वारीमा फलेको तरकारी विक्रि गरेर वर्षमा ४० देखी ४५ हजार आम्दानी गर्छिन । आजभोली उनि लगनशिल कृषि सहकारी संस्थामा सदस्य बनेर मासिक रु १०० बचत गर्दै आएकि छिन् ।


घरको दैनिक गुजारा चलाउन सजिलो वनाएको यो ब्यवसाय उनलाई असाध्यै राम्रो लागेको छ । अन्तमा उनले के गरौं के गरौं भौतारिरहेको वेला व्यावसायिक तरकारी खेती गर्ने वाटो देखाई आप्mनो दैनिक गुजार चलाउन सहज वनाइदिएकोमा इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷लुथरन विश्व फेडरेशन नेपाल र उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीलाई धेरै धेरै धन्यवाद दिईन ् ।

Managing salt and oil from vegetable

Shanta Luhar (40) having five family members of Jorayal Rural Municipality ward no 2 Bichhal Doti says “Education of children, salt, oil, meat and fish all is my vegetable sir.” Due to poor condition of the family her two sons are in India for searching job. One son is studying plus two in Dhangadhi. She says “After cultivation of vegetable in my own (1 Ropani) land the education of my son, and handling daily expenses of house is easy for our family.”

Though her family was haliya for 13 years long period in local master/landlord before deceleration of freed haliya, but they have not haliya card till now. Now she is joining in Jyoti freed haliya group and participating actively in the activities of the group. So that she has been selected for income generating support from SAHASH project implemented by ELCA/LWF Nepal in partnering with USSBM, Doti and received seeds of vegetables and Polly house. 

She says “Our main source of income is vegetable. Our past was terrible. There was no any work in the village for us. Now the vegetable farming is providing us the money as well as organic vegetable for food.” Shanta’s family use to busy in their vegetable firm. They are happy to be getting the organic vegetable from their own firm. In the past Shanta needed to purchase vegetable from market, however she had no money. Now she is distributing her vegetable to the neighbors also. Due to scarcity of vegetable in the market she is getting appropriate price of her vegetable. Now she is earning 40 to 45 thousand rupees in a year. And saving Rs 100/ per month in the Laganshil Agriculture Cooperative Organization.

She feels very happy by getting easiness of her daily livelihood from this enterprise.  In the last she says “Many thank you to ELCA/LWF Nepal USSBM for providing me the great support. I got the way, when I was rounding here and there.”

शान्ता लुहार3
शान्ता लुहार4