सिलाई कटाई ब्यवसाय ले रोजगारीको सृजना

डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नंं. ४ सानागाउमा बस्ने दिलै ढोली ४३ वर्षका भए । उनका १ छोरा र १ छोरी, श्रीमती र आफु गरी ४ जनाको परिवार धान्न असहज रहेको अवस्थामा उनले सिलाई कटाई ब्यवसाय संचालन गरी जनकल्याण बहुउदेश्यीय सहकारी संस्थामा आबद्ध भए र उनले ब्यवसाय संचालनका लागि आफुलाई सहयोग गर्न अनुरोध गरेपछि सहकारीले सिलाई कटाई ब्यवसाय संचालन मा सहयोग गरिदिन माग गरेबमोजिम दिलैलाई सामान सहित कपडा सहयोग गरिएको थियो । पुरानै मेसिन भएपनि अहिले देशमा बन्दा बन्दीको अवस्था रहेकाले मान्छेले बाहिरबाट लुगा किन्न नसकेकोले त्यसकार्यमा सहयोग भए राम्रो हुने बताएपछि उनलाई सहयोग गरियो । दिलैले मास्क समेत उत्पादन गरी आम्दानी बढाएका छन । बन्दाबन्दीको समयमा लुगा आफैले तयार गरी बिक्रि गरेर राम्रो आम्दानी गरेको बताए । पहिले यति धेरै हुदैनथ्यो अलि अलि मात्र हुन्थ्यो तर अहिले छाक टार्न र वालवालिकालाई पढाउन समस्या नभएको सहज रुपमा दिनचर्या बितिरहेको बताए । उनले भने पुरानो ऋण तिर्न, वालवालिकालाई पढाउन, घरखर्च चलाउन सहज धएको छ र आपत पर्दा समुदायमा अलि अलि सहयोग गर्न सक्ने भएको छु ।
बन्दाबन्दीको समयमा लुगा आफैले तयार गरी बिक्रि गरेर एकै समयमा १५ देखि २० हजार सम्म आम्दानी गरेको बताउने दिलैको दिल नै खुसिले गदगद भएको देखिन्छ ।
इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷ लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मंच (यु.एस.एस.वि.एम.) को सहकार्यमा सञ्चालन हुदै आएको साहस परियोजना अन्र्तगत उनले ब्यवसाय संचालनका लागि सहयोग पाएपछि आम्दानीबाट पढाईमा र घरखर्चमा सहज भएको बताए । साथै अहिले आम्दानी नहुदा साहुबाट ऋण खोज्दा चर्को ब्याजमा समेत नपाउने अवस्था नरहेको बताए ।