हेयर कटिंग ब्यवसायले अध्ययनमा सहजता

डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका वडा नंं. २ बगलेक बस्ने दिर्घ वि.क. २२ वर्षको उमेरमा जिल्लाको सदरमुकाममा हलिया पुर्नस्थापना भई दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा बस्दै आएका हलिया समुदायका ब्यक्ति हुन । उनी पदम पब्लिक मुक्ति नारायण मा.वि.मा कक्षा १२ मा अध्ययन गरिरहेका छन । हलिया समुदायका लागि बस्ने घर त भयो तर आयआर्जनका लागि भारत नै जानुपर्ने बाध्यता नै रहेतापनि इभेन्जेलिकल लुथरन चर्च अमेरिका ÷ लुथरन विश्व फेडरेशन नेपालको सहयोग र उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मंच (यु.एस.एस.वि.एम.) को सहकार्यमा सञ्चालन हुदै आएको साहस परियोजना अन्र्तगत उनले ब्यवसाय संचालनका लागि समुहमा छलफल गरेर हेयर कटिंग मेसिन खरिदका लागि माग गरेपछि दिपायल सिलगढी नगरपालिका वडा नं. ६ नाचन्थली स्थित मासिक रु.१,५०० कोठाभाडा लिई हेयर कटिंग ब्यवसाय संचालन गरेका छन ।
८ जनाको परिवारको दैनिक खर्च जुटाउन धौ धौ परेको अवस्थामा उनले सुरुमा हेयर कटिंग सिप सिक्ने सोच गरी अन्य पसलमा गएर सिप सिकेर अहिले आफैं ब्यवसाय संचालन गरी दैनिक न्यूनतम ५०० र अधिकतम १,२०० सम्म आम्दानी हुने गरेको बताए । अहिले संस्थाले गरेको सहयोग पछि ब्यवसायका लागि आवश्यक सामाग्री खरिद गर्दा ग्राहक समेत बढेको बताए।
विहान विद्यालयमा अध्ययन गर्न जाने र दिउसो पसल संचालन गर्ने गरेका दिर्घले पसलबाट भएको आम्दानीबाट पढाईमा र घरखर्चमा सहज भएको बताए । साथै अहिले उनले बैंक खाता समेत खोली बचत गर्ने गरेको बताए ।
आम्दानी नहुदा साहुबाट ऋण खोज्दा चर्को ब्याजमा समेत नपाउने अवस्थाले विदेशिनु बाहेक अन्य विकल्प नरहेको अवस्थामा उनी आफनो ब्यवसायमा रमाएका छन ।