About USSBM Doti

उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मंच डोटी

Upekshit Samudaya Sashaktikaran Tatha Bikas Manch (USSBM) Doti

USSBM Nepali Logo
USSBM Nepali Logo
USSBM English Logo
USSBM English Logo

परिचय ः

उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मंच ९ग्क्क्द्यः० डोटीको स्थापना साविकको तोलेनी, डौड, कलेना, बगलेक, खिरसैन, गैरागाउ, काडामाण्डौं, सानागाउ, गाँजरी र पोखरी गाविस तथा हालको सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका का १० वटा समुदायमा आधारित संस्थाहरुबाट बनेको संस्था हो । २७६ समूहका तत्कालिन ५४५६ घरधुरीलाई समेटेको यस संस्थाको स्थापना २०६२ सालमा भएको थियो ।

यस संस्थाको राष्ट्रिय वाणिज्य बैंक सिलगढी डोटी शाखामा मुल खाता नं. ४१००००९५५६१० तथा ४१००००९४९२०१ रहेको छ भने कार्यक्रम संचालन गर्न साझेदार निकायको सहयोगमा संचालित परियोजनाका लागि राष्ट्रिय वाणिज्य बैंक सिलगढी डोटी शाखामा चल्ती खाता नं. ४१००००७४९५०१ रहेको छ । संस्थाको मुख्य खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखतबाट हुने, कोषाध्यक्ष अनिवार्य र बाकि दुई मध्ये कुनै एक गरी कम्तिमा २ जनाको संयुक्त हस्ताक्षर बाट संचालनमा रहेको छ भने परियोजना प्रमुख, कार्यसमितिले तोकेका २ जना ब्यक्ति अध्यक्ष र कोषाध्यक्ष सहित ३ जनाको संयुक्त दस्तखतबाट खाता संचालन हुने र ३ मध्ये कुनै २ को हस्ताक्षर बाट संचालन हुने गरी खाता संचालन गरिएको छ ।

यस संस्थाको कार्यसमितिको पदावधि ३ वर्षको रहेको छ । २०७५ माघ ९ गते निर्वाचित नयाँ कार्यसमिति ले कार्य गर्दै आईरहेको छ ।

यस संस्थाले २०६२ पौष देखि २०६४ मंसिर सम्म गरिव तथा उपेक्षित समुदायको हक, हित तथा जीवनस्तर उकास्नका लागि दिगो जीविकोपार्जन तथा आयमुलक कार्यक्रमहरु सेवक नेपालको सशक्तिकरण परियोजना अन्र्तगत कार्यक्रम संचालन गर्दै स्थानीय तहहरुसंगको समन्वयमा विभिन्न तालिम, क्षमता विकास, आयआर्जन, कृषिका कार्यहरु संचालन गर्दै हाल लुथरन विश्व फेडरेशन नेपालको संयुक्त साझेदारीतामा मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रबद्र्धनका लागि सामुहिक प्रयास परियोजना (Strengthening the collective Action of Freed Haliyas-IDPs for their better Access & Promoting Socio-economic Right in Nepal – SAHAS) २०२१ जनवरी सम्मका लागि डोटी जिल्लामा संचालन गरिरहेको छ ।

उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मंच (USSBM) डोटीको वेवसाईट समेत निर्माण गरिएको छ । संस्थाको वेवसाईट www.ussbmdoti.org रहेको छ भने इमेल ncdfnepaldoti@gmail.com, ussbm.silgadhidoti@gmail.com रहेको छ भने गुनासो तथा सुझाव संकलन तथा ब्यवस्थापनका लागि इमेल आई डि ussbm.complain@gmail.com रहेको छ ।

यस संस्थाले कार्यक्रम संचालनका दौरानमा तथा संस्थाको नियमित गतिबिधिहरुलाई सफलतापुर्वक सम्पन्न गर्ने क्रममा कसैका गुनासा तथा जिज्ञासा सम्बोधन गर्नका लागि कार्यालय अगाडी सुझाव पेटीका राखेको छ भने इमेल आई डि ussbm.complain@gmail.com पनि खोलेको छ । गुनासो ब्यवस्थापन गर्न यस समितिको नियमित बैठक बस्ने गरेको छ ।

Upekshit Samudaya Sashaktikaran Tatha Bikas Manch (USSBM) Doti has been working in Doti District since 2006 AD. It is leading Community Based Organizations Federation in humanitarian relief. Its development program has steadily evolved from service oriented community development to empowerment and relief based approaches in close coordination with impoverished and oppressed communities. USSBM Doti has devised its intervention modalities for closer commonion among local CBOS, Freed haliya Groups, Freed Haliya Cooperatives, Government, civil society and Development partner/NGO/INGOs.

संस्था स्थापना तथा दर्ता ः

उपेक्षित समुदाय सशक्तिकरण तथा बिकास मंच (USSBM) डोटीको स्थापना २०६२ सालमा भएको थियो । यस संस्थाको कार्यालय सुदूरपश्चिम प्रदेश, सेती अञ्चल, डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा नं. ६, सिलगढी, नाचन्थली मा रहेको छ । कार्यालयको सम्पर्क नं. ०९४४२०१८७, ९८५८४४४६६७ रहेको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा २०६३ साल असोज २६ गते विधिवत रुपमा दर्ता भई दर्ता नं. २८३ रहेको छ । समाज कल्याण परिषदमा २०६३ साल पौष १७ गते आवद्ध भई आवद्धता नं. २१२२१ रहेको छ । आन्तरिक राजस्व कार्यालय धनगढी, कैलालीबाट पान प्रमाण पत्र लिएको छ । यस संस्थाको पान नं. ३०२७६०२८४ रहेको छ । आन्तरिक राजस्व कार्यालय धनगढी कैलाली बाट २०७६ असोज ३० गते आयकर छुर संस्थाका रुपमा दर्ता भई आयकर छुट प्रमाण पत्र नम्बर २३ प्राप्त गरेको छ । दर्ता गरिएका हरेक निकायमा हरेक वर्ष नियमित रुपमा नवीकरण हुदै आएको छ भने समाज कल्याण परिषदमा २०७९ आषाढ मसान्त सम्मका लागि नवीकरण गरिएको छ ।

Registration-Documents-of-USSBM-Doti

संस्थाको अधिकारवाला वर्ग

  • महिला र बालबालिका
  • दलित
  • मुक्त हलिया
  • गरिब विपन्न, बन्चितिकरणमा परेको वर्ग तथा सिमान्तकृत समुदाय
  • अपाङ्गता भएका ब्यक्तिहरु
  • एच.आई.भी./एड्स संक्रमित र प्रभावित

संस्थाले गरिरहेका सुशासनका अभ्यासहरु

  • बार्षीक सामाजिक परिक्षण
  • अर्धबार्षीक तथा बार्षीक समिक्षा
  • समुदायस्तरबाट योजना निर्माण
  • बार्षीक प्रतीवेदन तयार गरि वितरण
  • कार्यक्रमको सार्वजनिक परिक्षण
  • परियोजना जानकारि पत्र प्रकासन तथा वितरण
  • सयुक्त अनुगमन
  • स्थानिय निकायकोे समिक्षामा कार्यक्रम प्रस्तुतिकरण