Listing Projects 2076/077

आ.व. २०७६/०७७ मा संस्थाले संचालन गरेका क्रियाकलायहरुको विवरण :

  • संस्थाले सदाका वर्ष झैं यस वर्ष पनि आफनो नियमित नवीकरण गर्ने, लेखापरिक्षण गर्ने, वार्षिक साधारण सभा गर्ने, प्रगति विवरण पेश गर्ने कार्य सम्पन्न गरेको छ ।
  • दिपायल सिलगढी नगरपालिका डोटीको आर्थिक सहयोगमा नगरका वडा नं. ३ र ४ मा लक्षित वर्ग जनचेतनामुलक कार्यक्रम अन्र्तगत बादी समुदायमा माटाका भाडा बनाउने तालिम कार्य विश्वभरि महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) बाट जोगिनका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेकाले तालिम सामाग्री तथा प्रशिक्षक जिल्ला बाहिरबाट ल्याउनुपर्ने भएका कारण सो कार्यक्रम संचालन गर्न सकिएन ।
  • विधान संशोधन : जिल्ला प्रशासन कार्यालय डोटीमा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीकोे नामबाट दर्ता भएको यस संस्थाको २०६३ सालको दर्ता गर्दाको विधान २०७५ मा संशोधन भएपनि संशोधित नामको दर्ता प्रमाण पत्र उपलब्ध नभएकाले उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीकोे दोश्रो संशोधन विधान २०७६ स्विकृत गरीएको छ ।
  • विश्वभरि महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) बाट जोगिनका लागि नेपाल सरकार एवं स्थानीय प्रशासनले अपनाउदै आएका हरेक प्रयासहरु सराहनीय रहेकाले यसै क्रममा आम समुदायमा कोरोना भाइरस प्रतिको भय एवं त्रासदि बढ्दै मनोवल घट्दै जाने तर्फ सचेत रहि यसबाट जोगिने उपायहरुका बारेमा जनचेतना एवं सकारात्मक सन्देशमुलक सुचनाहरु सम्प्रेषण गर्न, स्थानीय प्रशासन एवं सरकारसंग समन्वय, सहयोग र सहकार्य गर्नुका साथै भविष्यमा आईपर्न सक्ने चुनौतीहरुको सामना गर्दै आफु सुरक्षित रहि आम जनसमुदायलाई सुरक्षित राख्ने तर्फका मानवीय सेवाहरुमा संलग्न रहनका लागि समुह, समुदायमा आधारित संस्थाहरु, कार्यसमितिका पदाधिकारीहरु, कर्मचारीहरुका साथै आम जनसमुदायलाई हार्दिक अपिल गर्दै संचारका माध्यमबाट समुदायमा जानकारी गराईयो ।
  • एफ.एम. मार्फत कोरोना भाईरस विरुद्ध जानकारीमुलक सन्देश प्रशारण : ELCAको आर्थिक सहयोगमा डोटी जिल्लामा LWF Nepal USSBM Doti को संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना अन्र्तगत विश्वमा फैलिरहेको कोरोना भाईरस विरुद्ध जानकारीमुलक सन्देश प्रशारण गर्ने उद्धेश्यले रेडियोको माध्यमद्धारा सन्देश प्रशारणका लागि उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीले परिवर्तनको संवाहक रेडियो शुदूर आवाज ९५ मेघाहर्ज र त्रिवेणी एफ.एम. सिलगढी बाट सुचना २०७६/१२/१६ गते देखि २०७७/०१/१६ गते सम्म नियमित रुपमा हरेक दिन बिहान ६ बजे, ७ः१५ बजे, ९ः१५ बजे, दिउँसो २ः१५ वजे, ५ः१५ बजे, साझ ६ः३० बजे , राति ८ः४५ र ९ः१५ बजे गरी दैनिक ८ पटक नियमित रुपमा जानकारीमुलक सन्देश प्रशारण गरेको थियो ।
  • कर्मचारी अवकास कोष खाता संचालन : एभरेष्ट बैंक लिमिटेड शाखा कार्यालय, पिपल्ला, डोटी मा साहस परियोजना का ४ जना कर्मचारीहरुको कर्मचारी अवकास कोष खाता २०२० फेब्ुअरी बाट संचालन गरि परियोजनाको अवधि २०२१ जनवरी ३१ सम्म रहेको हुदा कार्यक्रम थप नभएमा यस संस्थाको पत्र बमोजिम निजहरुले उक्त रकम झिक्न मिल्ने ब्यवस्था गरिएको छ ।
  • छुट हलियाको पुस्तिका प्रकाशन ः यस संस्थाले गत वर्ष सायल गाउँ पालिका संग समन्वय गरेर छुट भएका हलियाहरुको तथ्यांक संकलन गरेर राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल केन्द्रिय कार्यालय डडेल्घुरा लाई उपलब्ध गराएर महासंघले स्थानीय सरकारद्धारा संकलित छुट मुक्त हलियाहरुको एकिकृत तथ्यांक पुस्तिका २०७६ प्रकाशन गरेकाले उक्त पुस्तक गाउँपालिकालाई पठाएको थियो ।
  • प्रस्तावना पेश ः सामाजिक विकास मन्त्रालय कैलाली, नेपाल मा मिति : २०७६/११/१८ गते डोटी जिल्लामा नेपालको संविधान २०७२ मा महिला सम्बन्धि भएका ब्यवस्थाहरुतथा कानुनी ब्यवस्थाको कार्यान्वयन कार्यक्रम संचालन गर्न मन्त्रालयको मिति २०७६/१०/२२ को समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थाहरुलाई अनुदान सम्बन्धि सुचना प्रकाशित भएकाले उक्त कार्यक्रम संचालन गर्न इच्छुक रहेकाले प्रस्तावना पेश गरिएकोमा कोरोनाको प्रभावका कारण सो कार्यक्रम छनौट हुन सकेन ।
  • यस संस्थाको विगतका रणनीतिक योजनाहरु कार्यान्वयनबाट पाठ सिक्दै संस्थालाई नयाँ कार्यदिशाा प्रदान गर्न संस्थाले लामो समयदेखि सामाजिक सवालहरुमा काम गरेको अनुभव तथा सिकाईहरुका आधारमा संस्थालाई ब्यवस्थित गर्नका लागि संस्थालाई कानूनी रुपमा ब्यवस्थित तुल्याउदै संस्था परिकल्पना, ध्येय, लक्ष्य, उद्येश्य पुरा गर्न एक ब्यवस्थित योजनाको महसुस गरी त्रि वर्षिय रणनीतिक योजना आ.व. २०७६/०७७ – २०७८/०७९ निर्माण गरिएको छ ।
  • नीति नियमावलीहरु संशोधन तथा कार्यान्वयन ः यस संस्थाले कार्यालयलाई नियमित रुपमा संचालन गर्नका लागि विभिन्न नीति तथा नियमावलीहरु तर्जुमा गरि लागु गरिएको छ भने समय परिवेश अनुसार संशोधन पनि गरेको छ । संस्थामा आर्थिक तथा प्रशासनिक नियमावली, मानव संशाधन नीति, वातावरणीय नीति, संस्थागत सुरक्षा योजना नीति, गुनासो, उजुरी तथा पहल संयन्त्र २०७६, लैंगिक समता तथा सामाजिक समावेशिकरण नीति २०७६, कर्मचारी सेवा नियमावली २०७६, आचार संहिता, बाल संरक्षण नीति २०७६ निर्माण तथा संशोधन गरी त्रि वर्षिय रणनीतिक योजना आ.व. २०७६/०७७ – २०७८/०७९ निर्माण, संस्था र सदस्य समूह, संजालको स्तरोन्नती निर्देशिका २०७६ तयार र सहभागितामुलक संस्थागत लेखाजोखा कार्य गरेको छ ।
  • संस्थाको श्रोत अभिवृद्धि तथा परिचालन सम्बन्धि २ दिने क्षमता विकास तालिम आयोजना गरी ५ महिला र ८ पुरुष लाभान्वित भएका छन ।
  • सायल गाउँपालिकामा स्थानीय तहसंग परियोजना सल्लाहकार समिति बैठक आयोजना गरी संस्थाले संचालन गरेका गतिबिधिहरुको जानकारी प्रदान गरी सुझाव संकलन समेत गर्ने कार्य गरेको छ । संस्थाले संचालन गरेका क्रियाकलायहरु स्थानीय तहसंग समन्वय गरी अगाढी बढाएको छ ।
  • नेपाल सरकारले २०६५ भाद्र २१ गते हलियाहरुलाई मालिकबाट मुक्त भएको घोषणा गरेको थियो । उनीहरुको पुर्नस्थापना तथा जीविकोपार्जनका लागि २०६६ सालमा सरकारले तथ्यांक संकलन सुरु गरेको थियो । सरकारले २०७० सालबाट मुक्त हलिया पुर्नस्थापना कार्यक्रम सुरु गरेको हो । ELCA को आर्थिक सहयोगमा डोटी जिल्लामा LWF Nepal USSBM Doti को संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना -Strengthening the collective Action of Freed Haliyas-IDPs for their better Access & Promoting Socio-economic Right in Nepal – SAHAS)  को लक्ष्य मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा पहुंच वृद्धि गर्दै न्यायिक तथा समतामुलक समाजको निर्माण गर्ने रहेको छ । यस परियोजनाका २ वटा उदेश्यहरु रहेका छन । जुन यस प्रकार छन ः

उदेश्य नं. १ ः परियोजनाको सहयोग र सहजीकरणको माध्यमद्वारा नेपाल सरकारद्वारा संचालित पुर्नस्थापना कार्यक्रमबाट मुक्त हलियाको सेवा, श्रोतहरुमा पहुँच वृद्धि गर्दै सामाजिक, आर्थिक, अवस्थामा सुधार ल्याउने ।

Objective 1: Increased access of freed haliya-IDPs in government rehabilitation package and resources for improving socio-economic condition.

Objective 2 : Strengthened institutional capacity of freed haliya people based organizations (Groups, CBOs, CBO-Federation and Cooperatives) for their sustainability.

उदेश्य नं. २ ः मुक्त हलिया समूह, संजाल, सहकारी र समुदायमा आधारित संस्था तथा संजालहरुको संस्थागत क्षमता विकास गरि दिगोपना ल्याउने ।

परियोजना सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला र कर्णाली प्रदेशका ३ वटा जिल्लाहरु सुर्खेत, हुम्ला र जाजरकोट गरी जम्मा १२ वटा जिल्लाहरुमा पैरवी र सशक्तिकरण कार्यक्रम र सुदूरपश्चिमका ३ वटा जिल्लाहरु बैतडी, डोटी र बाजुरामा जीविकोपार्जन तथा आयआर्जन सम्बन्धि कार्यक्रम १ फेब्रुअरी २०१९ देखि ३१ जनवरी २०२१ सम्म संचालनमा रहेको छ भने यस संस्थाले डोटी जिल्लामा काम गर्दै आईरहेको छ । परियोजनाको प्राथमिक लक्षित घरधुरी (प्रत्यक्ष) बैतडी, बाजुरा र डोटी जिल्लाका १४,५७६ मुक्त हलिया र दितीय लक्षित घरधुरी (अप्रत्यक्ष) १९,०५९ मुक्त हलिया रहेका छन ।

  • २०७५।०६।१० गते जोरायल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष श्री मान बहादुर मल्लको अध्यक्षतामा मुक्त हलियाहरुको सहकारी गठन गर्न ५० जनाको प्रारम्भिक भेला बसि विनियम पारित गर्दै २०७५।०९।२२ मा जोरायल गाउँपालिका सहकारी ऐन २०७५ को दफा ६ बमोजिम द.नं. ०१–२०७५/०७६ कायम रहेको छ । १४ महिला र १६ पुरुष गरी ३० जना शेयर सदस्य रहेको यस सहकारीले आन्तरिक राजस्व कार्यालय धनगढीबाट २०७५।०९।२६ मा ६०९०४०२१६ पान प्राप्त गरेको छ भने यस लगनशिल मुक्त हलिया कृषि सहकारी संस्था लिमिटेडको कृषि विकास बैंक जोरायल शाखामा ०८२७१०१४५७१६४०१८ खाता रहेको छ । सहकारी दर्ता प्रक्रियामा ५० हजार यस संस्थाले सहयोग गरेको थियो । यस वर्ष १ लाख १६ हजार ५सय रुपैंया घुम्ती ऋण कोष वाफत उपलब्ध गराई ऋण लगानी गरेको छ । सहकारीलाई १ दराज, २ कुर्ची, १०० पाने ७ थान रजिष्टर, १०० थान शेयर प्रमाणपत्र, २ ठेली लेटर प्याड, ५ ठेली नगदी रसिद, १०० थान पासबुक, १०० थान सदस्यता आवेदन, १०० थान ऋण माग फाराम, २०० थान नेपाली कागज, डे बुक, भौचर र रजिष्टर लगायत ३५ हजार बराबरको सामान खरिदमा सहयोग गरको छ । सहकारीका ४ खाता रु ९०४ लयायत यस वर्ष ४१,४५५ बराबरका सामानहरु कुर्ची, टेबुल, कुसुम, स्टेशनरी खरिदमा सहयोग गरेको छ । सामुदायिक भवन अधुरो भएका कारण सेला मुक्त हलिया समुह र सहकारीको माग बमोजिम भवन निर्माण गर्न ४९,६१७ सहयोग गरी हाल सहकारीको कार्यालय स्थापना गरेको छ । सहकारी मार्फत छनौट भएका ६ जना उद्यमिले ब्यवसाय सुरु गरेका छन ।
  • जोरायल गाउपालिका २ मा रहेको लगनशिल मुक्त हलिया कृषि सहकारीका ११ जना दलित महिला, १२ जना दलित पुरुष र २ जना जनजाती महिला गरी २५ जना सदस्यहरुलाई २ दिने सहकारी तथा लेखा ब्यवस्थापन सम्बन्धि तालिम दिईएको छ ।
  • जोरायल गाउपालिका, सायल गायपालिका र शिखर नगरपालिका डोटीका ३३ जना महिला र १७ जना पुरुष गरी ५० जना ले आयआर्जनका लागि सिलाइ कटाइ, आरन ब्यवसाय, तरकारी खेती, बाख्रापालन, बंगुरपालन, पसल, अदुवा खेती र छाला जुत्ता ब्यवसाय संचालन गरेका छन । जसबाट उनीहरुले आयआर्जन गरिरहेका छन ।
  • पुर्वीचौकी गा.पा. १ खिरसैन र पुर्वीचौकी गा.पा. वडा नं. ४ सानागाउ मा हलिया परिचय पत्र वितरण सम्बन्धि १।१ दिने अभियान कार्यक्रम संचालन गरियो ।
  • सायल गाउपालिका वडा नं. २ र ४ का ३ महिला र ७ जना पुरुष गरी १० जना हलियाहरुले बाख्रापालन ब्यवसाय सुरु गरेका छन ।
  • शिखर नगरपालिका वडा नं. ६ पचनालीमा गठित प्रगतिशिल मुक्त हलिया बचत तथा ऋण सहकारी संस्था डिभिजन सहकारी कार्यालय डोटीमा २०६९/०७० मा दर्ता भै दर्ता नंं. ३८० रहेको यस सहकारीका २९ महिला र ३० पुरुष शेयर सदस्य रहेकोमा हाल ११६ जना पुगेका छन । यस सहकारीको कार्यालय ब्यवस्थापन गर्नका लागि बचत तथा ऋण पासबुक २०० थान, तमसुक २ ठेली, नगदी रसिद १ ठेली, भौचर ४ ठेली, ब्यक्तिगत बचत खाता ५०० पेजको १ थान, ब्यक्तिगत ऋण खाता ५०० पेजको १ थान, चारखाता, सम्पत्तीखाता, दायित्व खाता, आम्दानी खाता, खर्च खाता १/१ थान, दराज, कुर्ची, स्टेशनरी गरी करिव २७ हजार बराबरको सहयोग गरेको छ ।
  • सायल गाउँपालिका वडा नं. २ पयतोलामा ६० घरधुरीका २६५ जना सिंचाइबाट लाभान्वित हुने गरी संस्थाको असी हजार जनश्रमदान ४९,७८६ र सायल गाउँपालिकाको १ लाख गरी २,२९,७८६ को लागतमा ठुलाखोला पयतोला सिंचाई कुलो निर्माण गरिएको छ ।
  • पूर्वीचौकी गाउँपालिका वडा नं. २ वगलेकमा १०० घरधुरी सिंचाइबाट लाभान्वित हुने गरी १४७० मिटर लामो सिंचाई कुलो संस्थाको ७५ हजार र जनश्रमदान २१,३६५ गरी ९६३६५ को लागतमा रोडखेत गौडुका सिंचाई कुलो निर्माण गरिएको छ ।
  • पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँ मा ३० घरधुरी सिंचाइबाट लाभान्वित हुने गरी ३५० मिटर लामो सिंचाई कुलो संस्थाको ७५ हजार र जनश्रमदान ३३,७८० गरी १,०३,७८० को लागतमा मल्लो बक्तोला सिंचाई कुलो निर्माण गरिएको छ ।
  • पूर्वीचौकी गाउँपालिका वडा नं. १ फुलारे मा ७८ घरधुरी सिंचाइबाट लाभान्वित हुने गरी १२७५ मिटर लामो सिंचाई कुलो संस्थाको एक लाख र जनश्रमदान २२,८३२ गरी १,२२,८३२ को लागतमा फुलारे तरकारी सिंचाई कुलो निर्माण गरिएको छ ।
  • दिवसको आयोजना तथा सहयोग ः डोटी जिल्लामा ११ औं हलिया मुक्ति दिवस २१ भदौ २०७६ मा मनाउन यस संस्थाले सहयोग गरी सिलगढी टुडिखेलबाट नारा सहित दि.सि.न.पा.मा पुगेर एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र माननीय भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री श्री पदमा कुमारी अर्याललाई पठाएको थियो । कार्यक्रममा अधिकांस सहभागीहरुले हलियाका समस्या तथा परिचय पत्र नपाएको, अनियमितता भएको गुनासो गरेका थिए ।
  • दिगो विकासको लक्ष्य, अपांगमैत्री भविष्य भन्ने नाराका साथ २८ औं अन्र्तराष्ट्रिय अपांग दिवस २०७६ मंसिर १७ गते नगरस्तरीय अपांगता संजालको आयोजनामा टुडिखेलबाट नारा सहित जि.स.स. हलमा कार्यक्रमको आयोजना गरी छलफल गरिएको थियो जसमा यस संस्थाले पनि सहयोग गरेको थियो । राष्ट्रिय नाराहरु ः अपाङ्गमैत्री भविश्य बनाउनेछौं अवश्य, मलाई गणना गर समावेश गर, दिगो विकासको लक्ष्य कार्यान्वयनमा अपाङ्गता, सार्थक नेतृत्व र सहभागिता रहेको थियो । कार्यक्रममा ५४ जनाको उपस्थिती रहेको थियो ।
  • अन्र्तराष्ट्रिय महिला हिंसा दिवस ः अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान दिपायल सिलगढी नगरपालिका वडा नं. ९, कलेना मा मिति २०७६ साल मंसिर १९ गतेका दिन अन्र्तराष्ट्रिय स्वयंसेवक दिवस तथा १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसर पारेर १६ दिने अभियान समानताको पुस्ता ः बलात्कार विरुद्ध एक्यबद्धता भन्ने नारा तथा Orange the world, generation equality satand against rape भन्ने अन्र्तराष्ट्रिय नारा र गाउ नगरमा महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रबद्र्धनमा अहम् भुमिका भन्ने नाराका साथ १६ औं राष्ट्रिय महिला स्वास्थ्य सवयं सेविका दिवस ५ डिसेम्बर २०१९ का दिन मनाईएको थियो । उक्त कार्यक्रममा यस संस्थाले ऐक्यबद्धता जनाउदै सहयोग गरेको थियो । ८० जनाको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
  • अन्र्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान जोरायल गाउपालिका वडा नं. २, बुडर मा मिति २०७६ साल मंसिर २३ गतेका दिन अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसर पारेर १६ दिने अभियान अन्र्तगत १५ औं दिनमा समानताको पुस्ता ः बलात्कार विरुद्ध एक्यबद्धता भन्ने नारा तथा Orange the world, generation equality satand against rape भन्ने नाराका साथ १६ दिने अभियान मनाईएको थियो ।
  • अन्र्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन गर्न अभियानको पूर्वसन्ध्यामा बैठक बसेको थियो । वडा तहमा कार्यक्रम गर्ने र अन्तिम लिन न.पा.मा समिक्षा गर्ने निर्णय बमोजिम समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम अन्र्तगत १६ औं दिनमा दिपायल सिलगढी नगरपालिका डोटीको सभाहलमा एक कार्यक्रमका बिच सम्पन्न भएको थियो । यस कार्यक्रममा यस संस्थाको सहयोगका साथै ऐक्यबद्धता रहेको थियो ।
  • ११० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस २०७६ फाल्गुन २५ गते I am Generation Equality : Realizing women’s Rights भन्ने अन्र्तराष्ट्रिय नारा र समानताको पुस्ता ः अन्त्य गरौं हिंसा विभेद र असमानता भन्ने राष्ट्रिय का साथ दि.सि.न.पा.मा मनाईयो र यस कार्यक्रममा संस्थाले सहयोग गरेको छ । ११० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस को उपस्थिती विवरण ः

कार्यक्रममा बढीको उपस्थिती रहेतापनि बैठक पुस्तिकामा १४२ जनाले मात्र हस्ताक्षर गरेका थिए । जसको जातजातिगत आधारमा उपस्थिती विवरण यस प्रकार छ ः

दलित जनजाती अन्य कुल जम्मा
महिला पुरुष महिला पुरुष महिला पुरुष महिला पुरुष
३७ १३ ४१ ३८ ९१ ५१
  • Rural Municipality Level Program Advisory Committee 12 Dec 2019 स्थानीय तह गाउपालिका परियोजना सल्लाहकार समितिको बैठक २०७६ मंसिर २६ गते बिहिकारका दिन सायल गाउँपालिकामा सम्पन्न भएको छ ।
  • Nine Month Review in workshop नेपालगञ्जमा २०७६ असोज ११ र १२ गते सम्पन्न भएको छ । Evangelical Lutheran Church in America (ELCA) को आर्थिक सहयोगमा LWF Nepal का साझेदार सहयोगी संस्थाहरु ले प्रगति समिक्षा गरी आगामि दिनको योजना बनाएर अनुभव आदान प्रदान गरेको थियो ।
  • Annual Review & Reflection Workshop टिकापुर, कैलालीमा २०७६ पौष १० गते सम्पन्न भएको छ । ELCA/ LWF Nepal को आर्थिक सहयोगमा संचालित साहस परियोजनाका साझेदार सहयोगी संस्थाहरु ले परियोजनाको प्रगति समिक्षा गरी कार्यक्रम संचालनका क्रममा आईपरेका समस्या, चुनौती तथा सिकाईलाई आगामि दिनमा समेटेर लैजाने साथै अनुभव आदान प्रदान गरेका थियो ।
  • लक डाउनका कारण फिल्ड कार्य स्थगित : कोरोना भाइरस (कोभिड १९) विरुद्ध आवश्यक आन्तरिक तयारि गरी संक्रमणबाट सुरक्षित रहदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पुर्ण रुपमा सहयोग गर्दै उक्त भाइरसको उच्च जोखिम विरुद्ध बचाउ र रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गरी समुदायमा जानकारी प्रदान गरियो साथै लक डाउनको पालना गर्दा फिल्ड तहका केहि गतिबिधिहरु संचालन गर्न सकिएन ।
  • कर्मचारी दुर्घटना विमा ः यस संस्थामा कार्यरत ४ जना साहस परियोजनाका कर्मचारीहरुको ५ लाख बराबरको दुर्घटना विमा गरिएकोमा हाल प्रति ब्यक्ति ७ लाख बराबरको बीमाङ्क २८ लाख १९ अगष्ट २०२० देखि १८ अगष्ट २०२१ सम्मका लागि एन.एल.जी. विमा कम्पनी धनगढी, कैलालीमा कर्मचारी दुर्घटना विमा नवीकरण गरिएको छ ।
  • हलियाका ५० घरधुरीलाई राहत वितरणमा समन्वयः विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ को नियन्त्रण र रोगथामका लागि नेपाल सरकार द्धारा मिति २०७६ चैत्र ११ गते देखि जारि गरिएको लग डाउनका कारण खाद्य समस्यामा रहेका अति बिपन्न ५० घरधुरीका मुक्त हलियाहरुलाई लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल बाट स्थानिय तहहरु संगको समन्वयमा राहत सामग्री वितरण गर्न यस संस्थाले सहयोग गरेको छ । जिल्ला मुक्त हलिया समुहसंगको छलफलमा जोरायल गाउँपालिका वडा नं. २ बुडरका ७ घरपरिवार, दि.सि.न.पा. वडा नंं. ७ का १३ परिवार, दि.सि.न.पा. वडा नं. ९ का ५ परिवार, सायल गा.पा. वडा नंं. २, ३, ४ र ५ का क्रमशः ५, १०, ७ र ३ हलिया परिवारलाई प्रति परिवार चामल ३० किलो, दाल ३ किलो, आयोडिन नुन २ किलो, चिनि २ किलो तेल २ लिटर र साबुन ४ पिस नेपाल सरकारको मापदण्ड बमोजिम राहत वितरण गरियो ।
  • LWF Nepal’s finance and program team visit in organization for financial monitoring and verification on 1st Dcember, 2019 BS 2076-08-15.
  • Disability Inclusive Workshop held on 27 November 2019 at Hotel Devotee, Dhangadhi USSBM Doti Chairperson Bishna Devi Singh & Sanagau DPO Secretary Mahesh Bahadur Khadka Participent in the workshop.
  • National Seminar for CBOFs on 8-9 December 2019.SAHAS Nepal and LWF Nepal is plan to organize a two-day seminar for all the CBOFs/CBNOs developed by LWF Nepal and SAHAS Nepal on 8-9 December, 2019 in Siddhartha Cottage at Ekantakuna Dhobighat. USSBM Doti Chairperson Bishna Devi Singh participent from Doti CBOF. The objectives of the seminar are; Exchange learning and challenges of the CBOFs and Form national level coalition of all the CBOFs/CBNOs working in collaboration with LWF and SAHAS.
  • 10 (JTA-5, Hotel Management-1, Pharmacy-1, I Sc AG Plant Science-1, and Overseer-2) freed Haliya Students have been provided the support for technical education for their future jobs.
  • 163 people commercial farming & input support, 67 female & 96 male are involve their enterprises and livelihood options.
  • ELCA को आर्थिक सहयोगमा डोटी जिल्लामा LWF Nepal / USSBM Doti को संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना -Strengthening the collective Action of Freed Haliyas-IDPs for their better Access & Promoting Socio-economic Right in Nepal – SAHAS) अन्र्तगत १ फेब्रुअरी २०१९ देखि ३१ जनवरी २०२० सम्म २९,८४,८३३ खर्च गरेको छ भने १ फेब्रुअरी २०२० देखि ३१ जनवरी २०२१ सम्मका लागि २९,९४,९१६ बजेटका लागि सम्झौता गरिएको छ ।
  • संस्थाबाट संचालित क्रियाकलापको कार्यसमिति लगायत सरोकारवालाले २०७६/०४/२१ मा बुडर, २०७६/०५/२३ मा कलेना, २०७६/०६/२७ मा बगलेकमा अनुगमन गरेका थिए । अनुगमन कार्यमा स्थानीयको समेत सहभागितामा छलफल गरी कमि कम्जोरी सुधार गर्न र समुदायलाई अपनत्वको भावना जागृत गर्न यस कार्यले सहयोग गरेको छ ।
  • समय समयमा कर्मचारीहरुको बैठक आयोजना गरी प्रगति समिक्षा गर्ने, भावी कार्ययोजना तयार गर्ने, चुनौती तथा समस्याका बारेमा छलफल गरी सफलतापुर्वक सम्पन्न गर्ने गरिएको छ ।
  • आवश्यकता अनुसार कार्यसमितिको बैठक बस्ने गरेको छ । कार्यसमितिले कार्यक्रम संचालनका क्रममा कर्मचारीलाई मार्गदर्शन गर्दै आएको छ ।