ELCA को आर्थिक सहयोगमा डोटी जिल्लामा LWF Nepal र USSBM Doti को संयुक्त साझेदारीतामा संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवद्र्धनका लागि सामुहिक प्रयास (साहस) परियोजना -Strengthening the collective Action of Freed Haliyas-IDPs for their better Access & Promoting Socio-economic Right in Nepal – SAHAS) को लक्ष्य मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा पहुंच वृद्धि गर्दै न्यायिक तथा समतामुलक समाजको निर्माण गर्ने रहेको छ । यस परियोजनाका २ वटा उदेश्यहरु रहेका छन । जुन यस प्रकार छन :
- उदेश्य नं. १ : परियोजनाको सहयोग र सहजीकरणको माध्यमद्वारा नेपाल सरकारद्वारा संचालित पुर्नस्थापना कार्यक्रमबाट मुक्त हलियाको सेवा, श्रोतहरुमा पहुँच वृद्धि गर्दै सामाजिक, आर्थिक, अवस्थामा सुधार ल्याउने ।
- Objective 1: Increased access of freed haliya-IDPs in government rehabilitation package and resources for improving socio-economic condition.
- Objective 2 : Strengthened institutional capacity of freed haliya people based organizations (Groups, CBOs, CBO-Federation and Cooperatives) for their sustainability.
- उदेश्य नं. २ : मुक्त हलिया समूह, संजाल, सहकारी र समुदायमा आधारित संस्था तथा संजालहरुको संस्थागत क्षमता विकास गरि दिगोपना ल्याउने ।
- परियोजना सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला र कर्णाली प्रदेशका ३ वटा जिल्लाहरु सुर्खेत, हुम्ला र जाजरकोट गरी जम्मा १२ वटा जिल्लाहरुमा पैरवी र सशक्तिकरण कार्यक्रम र सुदूरपश्चिमका ३ वटा जिल्लाहरु बैतडी, डोटी र बाजुरामा जीविकोपार्जन तथा आयआर्जन सम्बन्धि कार्यक्रम १ फेब्रुअरी २०१९ देखि ३१ जनवरी २०२१ सम्म संचालनमा रहेको छ भने यस संस्थाले डोटी जिल्लामा काम गर्दै आईरहेको छ । परियोजनाको प्राथमिक लक्षित घरधुरी (प्रत्यक्ष) बैतडी, बाजुरा र डोटी जिल्लाका १४,५७६ मुक्त हलिया र दितीय लक्षित घरधुरी (अप्रत्यक्ष) १९,०५९ मुक्त हलिया रहेका छन ।